मलेसियाको म्याक कफीको प्रबद्र्धनात्मक कार्यक्रम

<p>काठमाडौं। मलेसिया कफीको प्रबद्र्धनात्मक कार्यक्रम भएको छ । नेपाली बजारमा कम्पनीले आफ्नो उत्पादन विस्तार गर्ने उद्देश्यले कार्यक्रम गरेको हो । आइतबार राजधानीमा आयोजना गरिएको कार्यक्रममा मलेसियन राजदुतावासका उच्च अधिकारीहरुको उपस्थिति रहेका थिए । कम्पनीका अनुसार म्याक कफी लगायतका उत्पादनहरु विश्वका ५० भन्दा बढी मुलुकहरुमा प्रत्यक्ष निर्यात हुदै आएको छ । ६ वटा देशमा कफीको उत्पादन [&hellip;]</p>

काठमाडौं। मलेसिया कफीको प्रबद्र्धनात्मक कार्यक्रम भएको छ । नेपाली बजारमा कम्पनीले आफ्नो उत्पादन विस्तार गर्ने उद्देश्यले कार्यक्रम गरेको हो ।

आइतबार राजधानीमा आयोजना गरिएको कार्यक्रममा मलेसियन राजदुतावासका उच्च अधिकारीहरुको उपस्थिति रहेका थिए ।

कम्पनीका अनुसार म्याक कफी लगायतका उत्पादनहरु विश्वका ५० भन्दा बढी मुलुकहरुमा प्रत्यक्ष निर्यात हुदै आएको छ । ६ वटा देशमा कफीको उत्पादन हुने गरेको छ ।

कार्यक्रममा अर्कस ग्रुपका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालमा विगत एक दशकदेखि म्याक कफी लोकप्रिय रहेको बताए । सोही कम्पनीका क्लास्नो कफी, न्युट्रीराइट ब्राण्डका स्वास्थवद्र्धक सिरियल खाद्य सामग्रीहरु समेत नेपाली बजारमा लोकप्रिय रहेको उनको भनाइ छ । भविष्यमा म्याक कफीको कारखाना नेपालमा स्थापना गर्न सकिने सम्भावना रहेको उनले जनाए ।

मलेसियाको ख्याति प्राप्त कफी उत्पादक कम्पनी फुड इम्पायर होल्डीङले उत्पादिन गरेको म्याक कफी, साल्ट टी लगायत कफी तथा न्युट्रीराइट ब्राण्डका स्वास्थवद्र्धक सिरियल खाद्य सामग्रीहरु नेपाली बजारमा विक्री गरिदै आएको छ ।

 

Share News