काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्नो नयाँ शाखा रुकुमको सानीभेरीमा स्थापना गरी बैंकिङ्ग सेवा शुरु गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन आइतबार बैंकका नायब महाप्रबन्धक अपछकुमार यादब र सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले एक औपचारिक कार्यक्रमका बीच गरेका थिए ।
यस नयाँ शाखा समेत गरी बैंकको शाखा संख्या ७६ वटा पुगेको छ । साथसाथै, बैंकको नेपाल अधिराज्य भर ९१ वटा एटिएम, ३ वटा एक्स्टेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा २० वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । सम्भावित क्षेत्रमा आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउने अभिप्रायले चाँडै नै थप शाखाहरु संचालनमा ल्याउने बैंकले जनाएको छ ।