काठमाडौं । यूनिलिभर नेपाल लिमिटेडको कम्पनी सचिवमा सोनाम श्रेष्ठ नियुक्त भएका छन् । गत पुस २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई कम्पनीको सचिव पदमा नियुक्त गरेको हो ।
नवनियुक्त श्रेष्ठले सचिवमा नियुक्त भएकै दिन देखि कम्पनी सचिवको कार्यभार सम्हालिसकेका छन् ।
यस अघि यस कम्पनीको सचिवको कार्यभार सुशिला अधिकारीले सम्हालेकी थिइन् । उनले राजीनामा दिएपछि श्रेष्ठ यस कम्पनीको सचिवमा नियुक्त भएका हुन् । अधिकारीले गत कात्तिक १३ गतेदेखि नै यस कम्पनीको सचिव पदबाट राजीनामा दिइसेकेकी थिइन् ।