काठमाडौं । चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा १५ वटा बाणिज्य बैंकहरुको नाफा १ अर्ब ५६ करोडले बढेको छ ।
हालसम्म वित्तिय विवरण सार्वजनिक गरेका १५ बाणिज्य बैंकमध्ये १२ वटाले नाफा बढाएका छन भने ३ वटा बैंकको नाफा घटेको देखिन्छ । १५ बैंकले नाफा समग्रमा १६.५४ प्रतिशत बढाएका छन् ।
१५ वटा बैंकले १० अर्ब ९९ करोड नाफा कमाउन सफल भएका छन् । गत आवको सोही अवधीमा यी बैंकहरुको नाफा जममा ९ अर्ब ४३ करोड मात्रै थियो ।
नेपाल इन्भेष्टमेन्ट बैंकले सबै भन्दा धेरै १ अर्ब ८३ करोड नाफा कमाएको छ भने दोश्रोमा एभरेष्ट बैंकले १ अर्ब १४ करोड नाफा कमाएको छ । एनएमबी बैंकले एक अर्ब नाफा कमाउँदा ग्लोबल आईएमई बैंकले ९५ करोड पुर्याएको छ ।
पुस मसान्तसम्ममा नेपाल बंगलादेश बैंक, सिटिजन्स बैंक र बैंक अफ काठमाण्डू भने नाफा बढाउन असफल भएका छन् ।