काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले भूकम्पका बेला खरिद गरेको ५० हजार वण्डल जस्तापाता बिक्रीका लागि प्रक्रिया अघि बढाएको छ ।

कर्पोरेशनले बोलपत्रबाट जस्तापाता बिक्री गर्न लागेको हो । आइतबार सूचना जारी गर्दे बोलपत्रबाट जस्तापाता बिक्री गर्ने जानकारी दिएको हो । एक महिनाभित्र बिक्री गर्ने तयारी साल्ट ट्रेडिङको छ । ०७२ सालमा गएको भुकम्पबाट क्षतिग्रस्त सार्वजनिक भवनहरु विद्यालय स्वास्थ्य चौकी निर्माणका लागि उसले भारतको जिन्दल इण्डिया लिमिटेडबाट जस्ता पाता खरिद गरेको थियो ।
सो जस्तापाता बिक्री नभएपछि कर्पोेरेशनले भण्डारण गरी राखेको छ । जस्ता बिक्री नभएपछि साल्टले बैंक ब्याज तिर्दा नोक्सान भएको भन्दै सरकारसंग अनुदान मागेको थियो । बोलपत्रमा भाग लिने व्यक्ति वा फर्मले कवोल गरेको २.५ प्रतिशत रकम टेडिङ्गको खाता रहेको बैंकमा जमानत पेस गर्नु पर्नेछ । यसैगरीे सम्पुर्ण जस्ता पाताहरु पर्सा, वीरगंज र कामाडौंबाट उठाउनु पर्ने साल्टले जनाएको छ ।