काठमाडौं । जनता बैंकले चालु आर्थिक वर्षको ६ महिनामा नाफा ११ करोड रुपैयाँ बढाएको छ । गत पुससम्म बैंकले २७ करोड १७ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

गत आवको सोही अवधिमा बैंकको नाफा १६ करोड १३ लाख रुपैयाँ थियो । बैंकले आइतबार सार्वजनिक गरेको दोस्रो त्रैमाशिक वित्तीय विवरणमा नाफा, कर्जा लगानी र निक्षेप परिचालन बढेको देखाएको छ ।
६ महिनामा बैंकको निष्क्रिय कर्जा बढेर २.६५ प्रतिशत पुगेको छ । यस्तै निक्षेप लागत ७.८३, सीडी रेसियो ७८.१४, आधार ब्याजदर ११.३५, स्प्रेड दर ३.८५ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी ६.७८ रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकले निक्षेप दोब्बर बढाएर ५२ अर्ब ८० करोड रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा बैंकको निक्षेप २५ अर्ब ५६ करोड रुपैयाँ थियो ।
यस्तै कर्जा लगानी पनि विस्तार भई ४८ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकले २२ अर्ब ९७ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकको संचित कोष बढेर १ अर्ब रुपैयाँ नाघेको छ ।