एनएमबी बैंकको नाफा ४२.८५ प्रतिशतले बढ्यो

<p>काठमाडौं । एनएमबी बैंकको नाफा ४२.८५ प्रतिशतले बढेको छ । बैंकले चालु आवको पुस मसान्त अवधीमा आफ्नो नाफा ३० करोडले वृद्धि गरेर एक अर्ब पुर्याएको हो । गत आवको सोही अवधीमा बैंकको नाफा ७० करोड मात्रै थियो । एनएमबी बैंकले ६ महिनामा ८० अर्ब निक्षेप संकलन गरेर ७२ अर्ब कर्जा लगानी गरेको छ । बैंकको [&hellip;]</p>

काठमाडौं । एनएमबी बैंकको नाफा ४२.८५ प्रतिशतले बढेको छ । बैंकले चालु आवको पुस मसान्त अवधीमा आफ्नो नाफा ३० करोडले वृद्धि गरेर एक अर्ब पुर्याएको हो । गत आवको सोही अवधीमा बैंकको नाफा ७० करोड मात्रै थियो ।

एनएमबी बैंकले ६ महिनामा ८० अर्ब निक्षेप संकलन गरेर ७२ अर्ब कर्जा लगानी गरेको छ । बैंकको ब्याज आम्दानी ४ अर्ब २५ करोड छ भने ब्याज खर्च जम्मा २ अर्ब ७५ करोड रुपैंयाँ रहेको छ । बैंकले २५ करोड रुपैंयाँ राइट ब्याकबाट प्राप्त गर्दा खराब कर्जालाई १.८९ प्रतिशतबाट घटाएर १.२४ प्रतिशतमा झारेको छ ।

बैंकको सीडी रेसियो ७६.६१ प्रतिशत मात्रै रहेको छ । बैंकको प्रति सेयर आम्दानी ३१.१८ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १८०.९८ रुपैंयाँ रहेको छ ।
६ अर्ब ४८ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ३४ करोड रुपैंयाँ रहेको छ ।

Share News