सेञ्चुरी कमर्शियल बैंकले गर्यो ३२ करोड ५१ लाख नाफा

<p>काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा सेञ्चुरी कमर्शियल बैंकले नाफा १० करोड रुपैयाँ बढाएको छ । गत पुससम्म बैंकले ३२ करोड ५१ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले २२ करोड ३९ लाख रुपैयाँ गरेको थियो । बैंकले आइतबार सार्वजनिक गरेको चालु आवको वित्तीय विवरणमा नाफा बढेको देखाएको हो । [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा सेञ्चुरी कमर्शियल बैंकले नाफा १० करोड रुपैयाँ बढाएको छ । गत पुससम्म बैंकले ३२ करोड ५१ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

गत आवको सोही अवधिमा बैंकले २२ करोड ३९ लाख रुपैयाँ गरेको थियो । बैंकले आइतबार सार्वजनिक गरेको चालु आवको वित्तीय विवरणमा नाफा बढेको देखाएको हो ।

बैंकको निष्क्रिय कर्जा ०.९९, सीडी रेसिया ७६, निक्षेप लागत ८.३१, आधार ब्याजदर ११.४३ र स्प्रेड दर ३.३ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४७ पैसाँ छ ।

समीक्षा अवधिमा बैंकले निक्षेप परिचालन बढाएर ५२ अर्ब १७ करोड रुपैयाँ बढाएको छ । गत आवको सोही अवधिमा बैंकको निक्षेप ३२ अर्ब ६७ करोड रुपैयाँ थियो । बैंकको संचित कोष बढेर १ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ ।

Share News