काठमाडौं । बैंक अफ काठमाण्डूको नाफा ५ करोड घटेको छ । गत आवको पुस मसान्त अवधीमा ६० करोड नाफा कमाएको बैंकले चालु आवको सोही अवधीमा भने ५५ करोड मात्रै नाफा कमाउन सफल भएको हो ।
बैंक अफ काठमाण्डूको खराब कर्जा पनि १.५१ प्रतिशतबाट बढेर १.८६ प्रतिशत पुगेको छ । बैंकले २३ करोड रुपैंयाँ सम्भावित नोक्सानीका लागि प्रोभिजन गरेको देखिन्छ । ६ अर्ब २४ लाख चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ८९ करोड रहेको छ ।
बैंक अफ काठमाण्डूले ६ महिनामा ७० अर्ब निक्षेप संकलन गरेर ६४ अर्ब कर्ज लगानी प्रवाह गरेको छ । बैंकको सिडी रेसियो ७९.२४ प्रतिशत पुगेको छ ।
बैंकको प्रति सेयर आम्दानी १७.६६ रुपैंयाँ र प्रति सेयर नेटवर्थ १७८.४२ रुपैंयाँ रहेको छ ।