नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा १ अर्ब ८३ करोड

<p>काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको ६ महिनामा नाफा बढाएको छ । गत पुससम्म बैंकले १ अर्ब ८३ करोड रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५८ करोड रुपैयाँ नाफा गरेको थियो । गत आवको तुलनामा चालु आवमा बैंकले झण्डै २५ करोड रुपैयाँ नाफा बढाएको छ । बैंकले [&hellip;]</p>

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको ६ महिनामा नाफा बढाएको छ । गत पुससम्म बैंकले १ अर्ब ८३ करोड रुपैयाँ खुदनाफा गरेको छ ।

गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५८ करोड रुपैयाँ नाफा गरेको थियो । गत आवको तुलनामा चालु आवमा बैंकले झण्डै २५ करोड रुपैयाँ नाफा बढाएको छ ।

बैंकले आइतबार सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाशिक वित्तीय विवरणमा नाफा, कर्जा लगानी र निक्षेप परिचालन बढेको देखाएको छ ।

गत पुसमा बैंकको निष्क्रिय कर्जा १.१२, सीडी रेसियो ७८.४७, आधार ब्याजदर ९, निक्षेप लागत ६.२१, स्प्रेड दर ४ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ६२ पैसा रहेको छ ।

समीक्षा अवधिमा बैंकले निक्षेप बढाएर १ खर्ब २९ करोड ८४लाख रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब १६ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । यस्तै कर्जा लगानी पनि बढाएर १ खर्ब १३ अर्ब रुपैयाँ पुर्याएको छ ।

गत आवको सोही अवधिमा बैंकले ९६ करोड ७० लाख रुपैयाँ थियो । बैंकको संचित कोषमा ९ अर्ब ९१ करोड रुपैयाँ छ ।

Share News