काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले माघ २१ देखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानियबासिन्दालाई छुट्टाएको १० प्रतिशत अर्थात ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

सेयर निष्कासन बन्द छिटोमा फागुन ६ र ढिलोमा २१ गतेसम्म हुने सेयर निष्कासन तथा बिक्री प्रवन्धक काठमाडौं क्यापिटल मार्कोट्स लिमिटेडले जनाएको छ ।
आईपीओ खरिदका लागि न्युनतम १० र अधिकतम ३ हजार कित्तासम्मका लागि दरखास्त दिन पाइने व्यवस्था गरिएको छ । आयोजना प्रभावित गोरखाको अजिरकोट, भीमसेन, सुलिकोट, सिरानचोक गाउँपालिका र गोरखा नगरपालिकाका स्थानियबासिन्दाले सेयर खरिदका लागि दरखास्त दिन पाउने छन् ।
आयोजनाको उत्पादन लागत प्रति मेगावाट २३ करोड १२ लाख रुपैयाँ छ । आयोजनाको प्रतिमेगावाट लागत अन्य आयोजनाको तुलनामा बढेको छ । कम्पनीले ६ मेगावाट क्षमताको दरौदी ए जलविद्युत आयोजना निर्माण गरी हाल सञ्चालनमा ल्याएको छ । बाँडफाँड भएको मितिले ३ वर्षसम्म सेयर बिक्री गर्न बन्देज लगाइएको छ ।
कम्पनीमा संस्थाकको ४२ करोड, ६ करोड आयोजना प्रभावित र १२ करोड रुपैयाँ सर्वसाधारणका लागि हुने गरी लगानी संरचना तयार पारिएको छ । जसअनुसार सर्वसाधारणको १८ करोड स्वामित्व हुने छ । कम्पनी कालिका ग्रुपअन्र्तगतको हो ।