एनसीसी बैंक सामाखुशीमा

<p>काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले राजधानीको सामाखुसीमा शाखा विस्तार गरेको छ ।  सो शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उद्घाटन गरेका छन् । डेपुटी गभर्नर श्रेष्ठले एनसीसीले संस्थागत सुशासन र आफ्नो व्यवसायिक गतिविधि अगाडी बढाउनु पर्नेमा जोड दिए ।राष्ट्र बैंकका बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठले आगामी दिनहरुमा बैंक [&hellip;]</p>

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले राजधानीको सामाखुसीमा शाखा विस्तार गरेको छ ।  सो शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उद्घाटन गरेका छन् ।

डेपुटी गभर्नर श्रेष्ठले एनसीसीले संस्थागत सुशासन र आफ्नो व्यवसायिक गतिविधि अगाडी बढाउनु पर्नेमा जोड दिए ।राष्ट्र बैंकका बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठले आगामी दिनहरुमा बैंक केन्द्रीय बैंकको निर्देशनमा रहेर अघि बढदै जाने विश्वास व्यक्त गरे ।

बैंकका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले एक आपसमा मर्ज भएका पाँच वटै संस्थाका तर्फबाट एनसीसीले अझ बढी सरल र सुलभ सेवा दिदै जाने जानकारी दिए ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रमेशराज अर्यालले शाखा स्थापनाबाट सामाखुशी क्षेत्र र त्यहाँका बासिन्दाको आर्थिक सम्बृद्धिमा टेवा दिने बताए ।

बैंकले निकट भविष्यमा काठमाडौं उपत्यका बाहिरका विभिन्न स्थानहरुमा ४३ वटा शाखा स्थापना गर्ने तयारी गरेको सो अवसरमा जानकारी दिइएको थियो । ४३ वटा शाखा स्थापना र एउटै स्थानमा रहेका शाखाहरुको स्थानान्तरण पश्चात एनसीसीको शाखा संख्या ११२ पुग्ने जनाएको छ ।

 

Share News