राष्ट्र बैंकले ५ अर्ब बजारमा पठाउदा २ बैंकले मात्र लिए १ अर्ब

<p>काठमाडौं । तरलता व्यवस्थापन गर्नका लागि नेपाल राष्ट्र बैंकले बजारमा पठाएको ५ अर्ब रुपैयाँ अधिकाँश बैंकले लिएनन् । बैंकिङ प्रणालीमा तरलता कम भएपछि राष्ट्र बैंकले आइतबार विकास ऋणपत्र सिधै खरिद योजनाअन्र्तगत बजारमा ५ अर्ब रुपैयाँ पठाएको थियो । २ बैंकले १ अर्ब रुपैयाँ मात्र लिएका छन् । कुमारी बैंक र सिटिजन्स बैंकले मात्र रकम लिएका [&hellip;]</p>

काठमाडौं । तरलता व्यवस्थापन गर्नका लागि नेपाल राष्ट्र बैंकले बजारमा पठाएको ५ अर्ब रुपैयाँ अधिकाँश बैंकले लिएनन् ।

बैंकिङ प्रणालीमा तरलता कम भएपछि राष्ट्र बैंकले आइतबार विकास ऋणपत्र सिधै खरिद योजनाअन्र्तगत बजारमा ५ अर्ब रुपैयाँ पठाएको थियो ।

२ बैंकले १ अर्ब रुपैयाँ मात्र लिएका छन् । कुमारी बैंक र सिटिजन्स बैंकले मात्र रकम लिएका हुन् । आज बिहीबार ५ अर्ब रुपैयाँ बजारमा पठाउदै छ । बैंकिङ प्रणालीमा तरलता घटेर २२ अर्ब ४२ करोड रुपैयाँमा झरेपछि केन्द्रीय बैंकले थप रकम पठाएको थियो ।

राष्ट्र बैंकले बजारमा पठाउने पैसा बैंकको तरलता व्यवस्थापनलाई मात्र हो । यसलाई निक्षेपको रुपमा गणना गरेर कर्जा लगानी गर्न पाइँदैन । यसअघि राष्ट्र बैंकले ३ पटक गरेर ३५ अर्ब रुपैयाँ बजारमा पठाएको थियो । बैंक तथा वित्तीय संस्थाले २८ अर्ब रुपैयाँ मात्र लिएका थिए ।

 

 

Share News