सिमेन्टको भाउ घटाउन उद्योगीको अटेर, शिवम सिमेन्टले मात्र घटायो

<p>काठमाडौं । अधिकाँश उद्यागीले सिमेन्टको भाउ घटाउन अटेर गरेका छन् । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले विना कारण सिमेन्टको भाउ बढाएको देखिएपछि यसलाई घटाउन सिमेन्ट उद्योगलाई निर्देशन दिएको थियो । विभागको निर्देशन बमोजिम सिवम सिमेन्ट उद्योगले मात्र बोरामा २२ रुपैयाँ भाउ घटाएको छ । अन्य उद्योगले घटाएका छैनन् । विभागले अनुसन्धानपश्चात सिमेन्टको मूल्य [&hellip;]</p>

काठमाडौं । अधिकाँश उद्यागीले सिमेन्टको भाउ घटाउन अटेर गरेका छन् । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले विना कारण सिमेन्टको भाउ बढाएको देखिएपछि यसलाई घटाउन सिमेन्ट उद्योगलाई निर्देशन दिएको थियो । विभागको निर्देशन बमोजिम सिवम सिमेन्ट उद्योगले मात्र बोरामा २२ रुपैयाँ भाउ घटाएको छ । अन्य उद्योगले घटाएका छैनन् ।

विभागले अनुसन्धानपश्चात सिमेन्टको मूल्य ३ दिनभित्र घटाउन उद्योगीलाई निर्देशन दिएको थियो । विभागको अनुसार दुई हप्ताको अबधिमा उद्योगीहरुले ५ पटकसम्म मूल्य बढाएका छन् । स्वदेशी क्लिङ्कर उद्योगीले पनि मनोमानी ढङ्गले क्लिङ्करको मूल्य लिएर सिमेन्टको भाउ बढाउन सघाइरहेको पाइएको छ ।

‘हाल प्रतिबोरा सिमेन्टमा १२० र डन्डीमा प्रतिकिलो १० रुपैयाँसम्म मूल्य बढेको पाएका छौं,’ शाखा अधिकृत रामकृष्ण श्रेष्ठले भने । अनुगमन लगत्तै गएको सोमबार विभाग र सिमेन्ट तथा डन्डी उद्योगीहरु मूल्यमा पुर्नविचार गरी घटाउन वैठक बसेको थियो । बैठकमा उद्योगीहरुले तीन दिनभित्रमा मूल्य घटाउने र सोको जानकारी विभागलाई दिने निर्णय गरिएको थियो ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार अहिलेसम्म शिवम् सिमेन्टले केही मूल्य घटाएता पनि अन्य उद्योगहरु विभागको सम्पर्कमा आएका छैनन् । ‘शिवम् सिमेन्टमा प्रतिबोरा साढे २२ रुपैयाँ घटेको जानकारी आएको छ,’ उनले भने ‘बाँकी सिमेन्टहरुको जानकारी नआएकोले २४ घन्टाभित्र सम्बन्धित उद्योगीहरुलाई विभागमा उपस्थिति हुन बिहीबार निर्देशन दिइसकेका छौं ।’

अहिले बजारमा सबैभन्दाबढी अम्बे सिमेन्टमा १६.९ र डन्डीमा सबैभन्दाबढी हामा ब्राण्डमा ८.७ प्रतिशत मूल्य बढेको छ । पुरानो मूल्य प्रतिबोरा ६५० रहेको अम्बे सिमेन्ट हाल मूल्य बढाएर ७६० रुपैयाँ पुर्याइएको छ । सिमेन्ट तथा डन्डीमा भएको मूल्य वृद्धि भएपछि विभागको शाखा अधिकृत रामकृष्ण श्रेष्ठको संयोजकत्वमा गएको अनुगमनले सबैभन्दा बढी अम्बे र डन्डीमा हामाको मूल्य बढेको पत्ता लगाएको थियो ।

डन्डीमा सबैभन्दा बढी हामाको मूल्य प्रतिकिलो ८.७ प्रतिशतसम्म बढेको उनको भनाइ छ । उनको अनुसार प्रतिकिलो ७८ रुपैयाँ पुरानो मूल्य रहेको हामा डन्डी बढेर अहिले ८४.८ रुपैयाँ पुगेको छ । अनुगमनको क्रममा सिमेन्ट उद्योगहरुले सिमेन्टको मूल्यमा कम्तिमा ७ देखि बढीमा १७ प्रतिशतसम्म मूल्य बढाएको छ । त्यस्तै शालिमार ओपिसी सिमेन्टमा १६ प्रतिशत, हेटौडामा १२.९ प्रतिशत, निर्माणमा १२.५, अग्नीमा १०.५ र मारुतीमा सबैभन्दा कम ६.४ प्रतिशत बढेको छ । ‘प्रतिबोरा ७८० रुपैयाँ पर्ने गरेको मारुती सिमेन्ट बढेर अहिले ८३० रुपैयाँ पुगेको छ,’ उनले भने ।

डन्डी उद्योगहरुले उद्योगमा डन्डीको मूल्य कम्तिमा ५ देखि बढीमा ९ प्रतिशतसम्म बढाएको छ । जसमा जगदम्बाको डण्डीमा प्रतिकिलो ७ प्रतिशत भने शाखको डण्डीमा ४.७ प्रतिशत बढेको छ । भाउ बढ्नअघि प्रतिकिलो जगदम्बाको डण्डी ८०.२ रुपैयाँ, शाखको दण्डी ७८.६ रुपैयाँमा बिक्री हुने गरेको थियो । अहिले बढेर क्रमशः ८५.९ र ८२.३ रुपैयाँ पुगेको छ ।

सिमेन्ट तथा डन्डी उद्योगीहरुले अन्तर्राष्ट्रिय बजारमै कच्चा पदार्थको भाउ तथा ढुवानी भाडा बढेकोले मूल्य बढाउन परेको बताएका छन् । अम्बे सिमेन्टको सञ्चालक पूर्णभक्त पौड्यालले सिमेन्टको कच्चा पदार्थको भाउ बढेकोले सिमेन्टको भाउ बढ्न गएको बताए । ‘भारतमा पहिले प्रतिटन ९/१० हजार रुपैयाँ पर्ने क्लिङ्कर अहिले १२/१३ हजार रुपैयाँ पुगेको छ,’ उनले भने ‘जबसम्म कच्चा पदार्थको मूल्य घट्दैन तबसम्म सिमेन्टको भाउ घटाउन सकिन्न ।’

नेपाल विद्युत प्राधिकरणले उद्योगलाई नियमित रुपमा बिजुली आपु्र्ति गरेकाले लोडसेडिङका कारण मुल्य वृद्धि भएको भन्ने उद्योगीको भनाईलाई खण्डन गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले साँझ ३ घण्टा मात्र उद्योगमा लोडसेडिङ गरिएको जानकारी दिदै लोडसेडिङका कारण सिमेन्टको भाउ नबढेको स्पष्टपारे ।

Share News