काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेड एवं साउथ एशिया फाउण्डेशन नेपाल तथा साउथ एशिया फाउण्डेशनका बिच सहज तथा सुलभ रुपमा कर्जा प्रदान गराउने सम्झौता भएको छ । उक्त सम्झौता अन्तर्गत बैंकले नेपालको ग्रामिण तथा विपन्न क्षेत्रमा बसोबास गरिरहेका बासिन्दाहरुलाई सजिलै कर्जा प्रदान गराउने भएको छ ।

बिहीबार भएको उक्त समझदारी पत्रमा नेपाल बङ्गलादेश बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्दप्रसाद ढुंगाना र साउथ एशिया फाउण्डेशन नेपालको तर्फबाट संस्थाका अध्यक्ष माननिय डा. शशांक कोइराला एवं साउथ एशिया फाउण्डेशनको तर्फबाट सेक्रेटरी जनरल राहुल बरुवाले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा नेपाल बङ्गलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले ग्रामिण तथा विपन्न क्षेत्रमा बसोबास गरिरहेका बासिन्दाहरुले सहज तथा सुलभ रुपमा कर्जा प्राप्त गरि साना, मझौला तथा लघुउद्यम व्यवसाय संचालन गरी आफ्नो आयमा वृद्धि गरि आर्थिक जिवनस्तर उकास्न यस सम्झौताले टेवा पुग्ने बताएका छन् ।
साथै, बैंकले यस प्रकारको सहकार्यले आफ्ना ग्राहक लगायत ग्रामिण क्षेत्रमा बसोबास गर्ने पिछडिएका वर्ग तथा महिलाहरु प्रत्यक्षरुपमा लाभान्वित हुने जानकारी गराएको छ ।