सेयर बजार ९ अंकले उकालो, विकास बैंक र अन्य बाहेक सबै समूह हरिया

<p>काठमाडौं । बिहीबारको सेयर बजार ९.८० अंकले उकालो लागेर १४०४.५३ अंकमा पुगेको छ । झण्डै दोहोरो अंकले बढेको बजारमा २८ करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा २ करोड रुपैयाँ बढी हो । बुधबारकाे बजारमा कुल २६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियाे । कुल १५९ कम्पनीको [&hellip;]</p>

काठमाडौं । बिहीबारको सेयर बजार ९.८० अंकले उकालो लागेर १४०४.५३ अंकमा पुगेको छ । झण्डै दोहोरो अंकले बढेको बजारमा २८ करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा २ करोड रुपैयाँ बढी हो । बुधबारकाे बजारमा कुल २६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियाे ।

कुल १५९ कम्पनीको कारोबार भएको बिहीबारको बजारमा ६ लाख ६२ हजार कित्ता सेयर किनबेच भएका छन् । सबैभन्दा बढी सानिमामाई हाइड्रोपावरको ४२ हजार ७५३ कित्ता सेयर किनबेच भएका छन् । त्यस्तै, कारोबार रकमका आधारमा पनि सानिमामाई हाइड्रो नै अग्रस्थानमा रहेको छ । बिहीबार यस हाइड्रो एक करोड ८१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, बजारमा १० वटा समूहको कारोबार भएको छ । सो मध्ये विकास बैंक र अन्य समूहको सूचक सामान्य अंकले राताम्मे भएका छन् भने बाँकी समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ८९ अंकले उकालो लागेको छ । त्यस्तै, उत्पादनमूलक ३०, होटल २७ र माइक्रोफाइनान्स समूह २२ अंकले उकालो लागेका छन् ।

त्यसैगरी, सबैभन्दा बढी विशाल बजार कम्पनीको सेयर मूल्य ५.१९ प्रतिशतले बढेको छ भने गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीको ३.२० प्रतिशतले सेयर मूल्य घटेको छ ।

Share News