अब मोबाइलमा पैसा सकिए पनि फोन काटिँदैन, टेलिकमले ल्याउँदैछ निर्ब्याजी सापटी योजना

<p>काठमाडौं । फोन गर्दा गर्दै पैसा सकिएर फोन काटिने समस्याबाट हैरान हुनु भएको छ ? चिन्ता नगर्नुस, अब पैसा सकिएर तपाईले मोबाइलमा कुरा गर्न नपाउने दिन सकिए । किनकी नेपाल टेलिकमले अब तपाईको खातामा स्वतः पैसा राखिदिने छ, त्यो पनि निर्ब्याजी । टेलिकमले आगामी एक महिना भित्रै निर्ब्याजी सापटी योजना कार्यान्वयनमा ल्याउँदैछ । त्यसका लागि [&hellip;]</p>

काठमाडौं । फोन गर्दा गर्दै पैसा सकिएर फोन काटिने समस्याबाट हैरान हुनु भएको छ ? चिन्ता नगर्नुस, अब पैसा सकिएर तपाईले मोबाइलमा कुरा गर्न नपाउने दिन सकिए । किनकी नेपाल टेलिकमले अब तपाईको खातामा स्वतः पैसा राखिदिने छ, त्यो पनि निर्ब्याजी ।

टेलिकमले आगामी एक महिना भित्रै निर्ब्याजी सापटी योजना कार्यान्वयनमा ल्याउँदैछ । त्यसका लागि टेलिकमका प्रिपेड मोबाइल फोन प्रयोगकर्ताहरुले एक पटक सापटी योजनामा आवद्ध हुनु पर्नेछ । त्यसपछि कुनै पनि समयमा फोन गर्दा गर्दै पैसा सकिएर लाइन काटिने समस्या आउने छैन् । ‘सापटी योजनामा आवद्ध भएपछि इन्टरनेट चलाउँदा चलाउँदै र फोन गर्दा गर्दै पैसा सकिएर काटिने अवस्थाको अन्त्य हुनेछ, टेलिकमले निश्चित रकम स्वतः खातामा राखिदिनेछ’, टेलिकमका एक उच्च अधिकारीले भने ।

उनले त्यसरी प्राप्त हुने रकमको सिमाबारे भने छलफल भैरहेको जानकारी पनि दिए । ‘कति रकमको सापटी सुबिधा दिने भन्नेबारेमा छलफल जारी छ, केहि प्रबिधी पनि ल्याइँदैछ, आगामी एक महिनाभित्र हाम्रा उपभोक्ताले सापटी योजनाको उपयोग गर्न पाउनेछन्’, ती अधिकारीले भने ।

व्यवस्थापिका संसदको विकास समितिले टेलिकमलाई निर्ब्याजी सापटी योजना तत्काल सञ्चालन गर्न निर्देशन दिएको थियो । समितिको सोही निर्णय बमोजिम कम्पनी सापटी योजना कार्यान्वयनमा ल्याउन लागेको हो ।

Share News