देव: विकास बैंकले नाफा बढाउन सकेन

<p>काठमाडौं । देव विकास बैंकले चालु आर्थिक वर्षको ६ महिनामा नाफा बढाउन सकेन् । चालु आवको पुससम्म बैंकले १४ करोड ६ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १४ करोड ३ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले बिहीबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाशिक वित्तीय विवरण अनुसार प्रति सेयर आम्दानी १७.२३ [&hellip;]</p>

काठमाडौं । देव विकास बैंकले चालु आर्थिक वर्षको ६ महिनामा नाफा बढाउन सकेन् । चालु आवको पुससम्म बैंकले १४ करोड ६ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १४ करोड ३ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकले बिहीबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाशिक वित्तीय विवरण अनुसार प्रति सेयर आम्दानी १७.२३ रुपैंयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १३६.७९रुपैंयाँ रहेको छ ।

बैंकको खराब कर्जा पनि १.७० प्रतिशतबाट बढेर २.५७ प्रतिशत पुगेको छ । बैंकले २ करोड ७५ लाख प्रोभिजन गरेको छ ।

Share News