लुम्बिनी विकास बैंकको हकप्रद सेयर बिहीबारदेखि निष्कासन

<p>काठमाडौं । लुम्बिनी विकास बैंकले चुक्तापुँजी बढाउन बिहीबारदेखि हकप्रद सेयर निष्कासन गरेको छ । बैंकले २० करोड ८ लाख रुपैयाँको २० लाख ८ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । बैंकले चुक्तापुँजी बढाउन १० बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो । फागुन १६ गते हकप्रद सेयर निष्कासन बन्द हुनेछ । हकप्रद [&hellip;]</p>

काठमाडौं । लुम्बिनी विकास बैंकले चुक्तापुँजी बढाउन बिहीबारदेखि हकप्रद सेयर निष्कासन गरेको छ । बैंकले २० करोड ८ लाख रुपैयाँको २० लाख ८ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।

बैंकले चुक्तापुँजी बढाउन १० बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो । फागुन १६ गते हकप्रद सेयर निष्कासन बन्द हुनेछ । हकप्रद निष्कासनपछि बैंकको चुक्तापुँजी बढेर २ अर्ब २० करोड ९७ लाख रुपैयाँ पुग्ने छ । हाल बैंकको चुक्तापुँजी २ अर्ब रुपैयाँ छ । राष्ट्रिय स्तरको विकास बैंक हुन साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनु पर्ने छ ।

Share News