सरकारले ६५ वर्ष पुगेकालाई वृद्ध भत्ता र भूकम्प पीडितलाई थप १ लाख अनुदान दिने

<p>काठमाडौं । सरकारले ६५ वर्ष उमेर पुगेकालाई बृद्ध भत्ता र भूकम्प पीडितलाई थप १ लाख रुपैयाँ अनुदान दिने भएको छ । बुधबार साँझ प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । सरकारले ७० वर्षदेखि दिंदै आएको सामाजिक सुरक्षा भत्तालाई ५ वर्ष घटाएर ६५ वर्षमा झर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बताए [&hellip;]</p>

काठमाडौं । सरकारले ६५ वर्ष उमेर पुगेकालाई बृद्ध भत्ता र भूकम्प पीडितलाई थप १ लाख रुपैयाँ अनुदान दिने भएको छ । बुधबार साँझ प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले ७० वर्षदेखि दिंदै आएको सामाजिक सुरक्षा भत्तालाई ५ वर्ष घटाएर ६५ वर्षमा झर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बताए । सरकारले मासिक २ हजार रुपैयाँका दरले वृद्ध भक्ता दिदै आएको छ ।

बैठकले भुकम्प पीडितलाई घर बनाउन थप १ लाख रुपैयाँ अनुदान थप्ने निर्णय गरेको छ । हाल ३ लाख रुपैयाँ अनुदान पाएका भूकम्प पीडितले अब ४ लाख रुपैयाँ अनुदान पाउने भएका छन् ।

सरकारले दलित तथा विपन्न समूहका व्यक्तिले निजी व्यवसायवा कम्पनी दर्तामा सहुलियत दिने भएको छ । १ करोड पूँजीसम्मको ब्यवसाय गर्न चाहनेलाई निस्शुल्क तथा सो भन्दा बढी पूँजीको ब्यवसाय वा कम्पनी दर्तामा ५० प्रतिशत मात्र शुल्क लिने निर्णय भएको मन्त्री बस्नेतले जानकारी दिए ।

सरकारको यो निर्णयले सामाजिक सुरक्षा खर्च बढाउने भएको छ । सरकारले यो वर्ष ४५ अर्ब रुपैयाँ बढी सामाजिक सुरक्षा भक्ता वितरण गर्र्दै छ । ६५ वर्ष पुग्न साथ पाउने भएकाले जेष्ठ नागरिक थप हुन भक्ता लिनेको संख्या बढेर राज्यको दाइत्वमा समेत थप असर गर्ने छ । सुरुमा ७५ वर्षका लागि वृद्ध भक्ता दिने निर्णय गरेकोमा पछि घटाएर ७० र अहिले ६५ वर्षमा झरेको छ ।

यस्तै सरकारले भूकम्प पीडितलाई घर बनाउन पहिला २ लाख रुपैयाँ अनुदान दिने निर्णय गरेकोमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले १ लाख बढाएर ३ लाख पुर्याएको थिए । भुकम्प पीडितले अनुदान पाउन नसकेको गुनासो आइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले फेरी १ लाख रुपैयाँ थपेका छन् । भूकम्प पीडित अनुदान बढेको र वृद्ध भक्ताको उमेर घटेकाले राज्यलाई खर्बौ रुपैयाँको आर्थिक बोझ थपिएको छ ।

Share News