धितोपत्र बोर्डले रोक्यो सि-आस्वा, एक महिनापछि मात्र लागु हुने

<p>काठमाडौं । सी-आश्वा प्रणाली एक महिनापछि मात्र कार्यन्वयनमा आउने भएको छ ।  धितोपत्र बोर्डले बुधबार सीडीएस एण्ड क्लियरिङ लिमिटेडलाई निर्देशन दिदै सी आश्वा प्रणाली एक महिनापछि मात्र लागु गर्न भनेको छ । बैंक तथा वित्तीय संस्थाले सीआस्वा लागु गर्नका लागि समय मागेपछि बोर्डले एक महिना म्याद थप गरेको हो । सीडीएसले मंगलबारदेखि सीआस्वा लागु गरेको [&hellip;]</p>

काठमाडौं । सी-आश्वा प्रणाली एक महिनापछि मात्र कार्यन्वयनमा आउने भएको छ ।  धितोपत्र बोर्डले बुधबार सीडीएस एण्ड क्लियरिङ लिमिटेडलाई निर्देशन दिदै सी आश्वा प्रणाली एक महिनापछि मात्र लागु गर्न भनेको छ ।

बैंक तथा वित्तीय संस्थाले सीआस्वा लागु गर्नका लागि समय मागेपछि बोर्डले एक महिना म्याद थप गरेको हो । सीडीएसले मंगलबारदेखि सीआस्वा लागु गरेको जानकारी गराएको थियो ।
बोर्डबाट अनुमती प्राप्त ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको करिव २ हजार ५०० शाखाबाट नेपालभरी आस्वा लागु भैरहेकोमा ती संस्थाका शाखाहरुलाई सि—आस्वा प्रणालीमा आवद्ध हुन, पूर्वाधार तयार गरी गराई प्रणाली संचालन सम्बन्धी तालिम लिन केही समय दिनुपर्ने बोर्डले बताएको छ ।
यस्तै लगानीकर्तालाई सि—आस्वा रजिष्ट्रशन नम्बर प्राप्त गर्ने समय दिनुपर्ने व्यवहारिक पक्ष तथा लगानीकर्ता, आस्वा सदस्यतथा अन्य सम्बन्धित सरोकारवालाको गुनासालाई समेत दृष्टिगत गरी अनिवार्य रुपमा यस प्रणाली मार्फत दरखास्त दिन एक महिनाको समय उपलब्ध गराउन बोर्डले सीडीएसलाई भनेको छ ।

सी आस्वा लागु भएपछि अब घरमै बसेर आइपीओ, हकप्रद सेयर र एफपिओमा आवेदन दिन सकिने छ । सि आस्वामार्फात प्राथमिक निष्काशनको आवेदन घरबाटै गर्न सकिने प्रबन्ध मिलाएको छ ।
हालसम्म २५ वटा बैंक तथा वित्तिय संस्थाहरुले मात्रै सि आश्वाको सदस्यता लिएका छन् । सीडीएसले तुरुन्तै सि आश्वाको सदस्यता लिन सम्पूर्ण बैंक तथा वित्तिय संस्थाहरुलाई अनुरोध समेत गरेको छ । सि आश्वाको सदस्यता लिएका बैंक तथा वित्तिय संस्थाहरुले लगानीकर्तालाई दर्ता गराएर मेरो सेयर नामक सेवा मार्फत घरबाटै सेयरमा आवेदन दिने व्यवस्था मिलाउनेछन् । त्यसका लागि इन्टरनेटको पहुँच भने पुगेकै हुनुपर्नेछ ।

 

Share News