सिद्धार्थ बैंकको माघ २२ गते बुक क्लोज, १० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै

<p>काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको आगामी माघ २२ गते बुक क्लोज हुने भएको छ । बैंकले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि सो दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो । बैंकले १० बराबर १ को अनुपात अर्थात १० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । बैंकलाई सो मात्राको सेयर निष्कासन गर्न नेपाल धितोपत्र [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको आगामी माघ २२ गते बुक क्लोज हुने भएको छ । बैंकले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि सो दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो ।

बैंकले १० बराबर १ को अनुपात अर्थात १० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । बैंकलाई सो मात्राको सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले गत पुस ४ गते नै अनुमति दिएको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी ६ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । १० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ७ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ ।

Share News