काडमाडौं । कुलप्याडले नयाँ प्रविधिसहितको मोवाइल निर्माण गर्न ३० करोड अमेरिकी डलर लगानी थप्ने भएको छ । सो लगानीमा कम्पनीले सिलिकन भ्यालीमा नयाँ प्लान्ट राख्ने भएको छ ।

पावर सन भन्चर मार्फत उक्त लगानी हुन लागेको कम्पनीले जनाएको छ । कुलप्याडका सिईओ जिया चावको अनुसार कुलप्याडले आफ्नो फोकस मोबाइल फोनमा निर्माणमा मात्र नभए र ए.आई प्रविधि भएको एप्प निर्माण गर्ने छ । नयाँ एप्स हेल्थ, एजुकेशन र गेमिङमा पनि कन्द्रीत हुनेछ, जसले आर्टिफिसिएल इन्टेलिजेन्सको काम गर्नेछ ।
कुलप्याड मोवाईलको व्यवसाय गर्ने कम्पनी मात्र नभई आर्टिफिसिएल इन्टेलिजेन्स टेक्नोलोजिको विकासमा केन्द्रीत भएको उनले बताए ।
कम्पनीले ३००० हजार अनुसन्धानकर्तालाई नया प्रविधिको लागि अध्यायन र आविष्कारमा खटाएको जनाएको छ । ‘जियाङ र उनको टोलिले गरेको काममा हामी विश्वस्त छौं कि दुई वर्षभित्रमा संसारमा हाम्रो बास्तविक व्यवसाय पस्कने छौं’ कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
कुलप्याडले अहिलेसम्म १० हजार भन्दा बढी आविस्कारको प्याटेन्ट राईट सुरक्षित गरेको छ जसको प्रयोग विश्वभर उत्पादन हुने विभिन्न ब्राण्डका मोबाइलमा हुने गरेको छ ।
कुलप्याडले विकास गर्ने नयाँ प्रविधिले दुई वर्षमा उल्लेख्य व्यवसाय वृद्धि गर्ने किकी ग्रुपको फाउन्डर र हेड चेङ वाले बताए ।

कुलप्याडले नेपालीमा बजारमा आफ्नो उपस्थिति फेब्रुवरी २०१७ बाट कुलवान, मेगा २.५ डी, मेगा ३, नोट ३एस र एनएक्स१ बाट गरेको हो । जयमा इन्टरकन्टिनेटल प्रा. लि. नेपालका लागि कुलप्याड स्मार्टफोनको आधिकारिक बिक्रेता हो ।