अन्नपुर्ण संरक्षण क्षेत्रमा ६.६ मेगावाटको गाच्र्याङ्ग खोला जलविद्युत आयोजना बन्ने

<p>काठमाडौं । अन्नपुर्ण संरक्षण क्षेत्रको ८.२६ हेक्टर जमिन प्रयोग गरी गाच्र्याङ्ग खोला जलविदुयत आयोजना निर्माण हुने भएको छ । सिटिजन हाइड्रोपावर प्राइभेट लिमिटेडले कास्कीमा ६.६ मेगावाट क्षमताको गाच्र्याङ्ग खोला जलविदुयत निर्माण गर्न लागेको हो । आयोजनाको विद्युतगृह कास्कीको नामार्जुन गाउँ विकास समितिमा हुनेछ । विद्युतगृह २० मिटर लम्बाई, १० मिटर चौडाई र १० मिटर उचाई [&hellip;]</p>

काठमाडौं । अन्नपुर्ण संरक्षण क्षेत्रको ८.२६ हेक्टर जमिन प्रयोग गरी गाच्र्याङ्ग खोला जलविदुयत आयोजना निर्माण हुने भएको छ ।

सिटिजन हाइड्रोपावर प्राइभेट लिमिटेडले कास्कीमा ६.६ मेगावाट क्षमताको गाच्र्याङ्ग खोला जलविदुयत निर्माण गर्न लागेको हो ।
आयोजनाको विद्युतगृह कास्कीको नामार्जुन गाउँ विकास समितिमा हुनेछ । विद्युतगृह २० मिटर लम्बाई, १० मिटर चौडाई र १० मिटर उचाई हुने कम्पनीले जनाएको छ ।

जनसंख्या तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन २०५३ को दफा ६ बमोजिम वातावरणीय प्रभाव मुल्याङ्ककनको लागी सूचना समेत जारी गरेको छ । सूचना अनुसार आयोजनाबाट कास्की जिल्ला साबिककोे नामार्जन गाउँ विकास समिति प्रभावित बन्नेछ ।

सूचना प्रकाशित भएको मितिले ३० दिन भित्रमा संस्थाको ठेगानामा पुग्ने गरी लिखित राय तथा सुझाव दिन मन्त्रालयले आग्रह गरेको छ ।

Share News