काठमाडौ। फोर्डको १. ५ लिटर क्षमताको पेट्रोलबाट चल्ने इकोइकोस्पोर्ट गाडीकाे मूल्यमा कैफिएत भेटिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका शाखा अधिकृत रामेशकाजी श्रेष्ठको नेतृत्व गएको अनुगमन टोलिले फोर्डको गाडी इकोस्पोर्टमा कैफियत भेटेको हो ।
टोलिले मंगलबार काठमाडौं स्थित फोर्डको आधिकारीक बिक्रेता जिओ अटोमोबाइल्स प्रालि थापाथलिमा अनुगमन गरेको थियो ।
अनुगनको क्रममा उक्त ‘एचआर–६४६०० इञ्जीन भएको गाडीको मूल्य सूचिमा भ्याटबाहेक २२ लाख ५८ हजार रुपैयाँ रहेकोमा करबाहेक २४ लाख ८६ हजार रूपैयाँमा बिक्री गरेको फेला पारेको थियो । साथै सोही गाडीको बिक्री मूल्य २८ लाख २३ हजार रुपैयाँ राखेर ३ लाख ३६ हजार रुपैयाँ छुट दिएको पाइएको छ । ती सम्पूर्ण रकमको बारेमा सोध्दा कम्पनीले प्रष्ट पार्न नसकेपछि तीन दिनभित्र प्रष्ट लिखित जवाफ विभागमा पेश गर्न अनुगमन टोलीका संयोजक श्रेष्ठले निर्देशन दिए ।
‘ग्राहकहरुको उजुरिको आधारमा पछिल्लो समय विभागले विभिन्न गाडी बिक्रेता कम्पनीहरुको अनुगमन तिब्र पारेको छ,’ उनले भने ‘यो अभियानलाई निरन्तरता दिने छौं ।’ उनले कैफियत भेटिएको गाडी कम्पनीहरुको विभिन्न चरणमा अनुसन्धान गरिने बताए । ठगि गरेको स्पष्ट प्रमाण जुटेमा सिधै प्रहरी प्रशासनमा अनुसन्धानको लागि फाइल दर्ता गराउने उनको भनाइ छ ।