नेप्से परिसूचक १४ सय अंक तल, उत्पादनमूलक बाहेक सबै समूह राताम्मे

<p>काठमाडौं । मंगलबारको नेप्से परिसूचक १४ सय अंकबाट तल झरेको छ । सोमबार सामान्य अंकले ओरालो लागेको परिसूचक मंगलबार झण्डै दोहोरो अंकले ओरालो लागेको छ । समग्रमा मंगलबारको परिसूचक ९.०५ अंकले झरेर १३९३.०४ अंकमा अडेको छ । बजारमा परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । सो दिन कुल १५५ कम्पनीका ३२ करोड २६ [&hellip;]</p>

काठमाडौं । मंगलबारको नेप्से परिसूचक १४ सय अंकबाट तल झरेको छ । सोमबार सामान्य अंकले ओरालो लागेको परिसूचक मंगलबार झण्डै दोहोरो अंकले ओरालो लागेको छ । समग्रमा मंगलबारको परिसूचक ९.०५ अंकले झरेर १३९३.०४ अंकमा अडेको छ ।

बजारमा परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । सो दिन कुल १५५ कम्पनीका ३२ करोड २६ लाख रुपैयाँ बराबरका सेयर किनबेच भएका छन् । सबैभन्दा बढी सानिमा माई हाइड्रोपावरको २ करोड ९२ लाख रुपैयाँ बराबरको किनबेच भएको छ ।

मंगलबार उत्पादनमूलक समूह बाहेक बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ८७ अंकले ओरालो लागेको छ । त्यस्तै, हाइड्रोपावर र होटल समूह दोहोरो अंक अर्थात क्रमशः २९ र ३७ अंकले घटेका छन् । सो दिन उत्पादनमूलक समूह भने सोमबारको तुलनामा स्थिर रहेको छ ।

बजारमा सबैभन्दा बढी फष्ट माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन् । यस संस्थाका लगानीकर्ताले मंगलबार मात्रै ५.४१ प्रतिशत कमाएका छन् । सबैभन्दा बढी कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५ प्रतिशत गुमाएका छन् ।

 

Share News