काठमाडौं । आइएमई लिमिटेडले आफ्ना १० व्यवसायीक साझेदारहरुलाई युएईको दश दिवसीय भ्रमण गराएको छ । आइएमईले गएको आर्थिक वर्षका पछिल्ला छ महिनामा व्यवसायीक साझेदारहरुले गरेको रेमिटेन्स कारोबारका आधारमा आफ्ना साझेदारहरुलाई उक्त भ्रमण गराएको हो ।
बजार एवम् व्यवसायको आकार र भौगोलिक अवस्थितीको आधारमा व्यवसायीक साझेदारहरुलाई निश्चित लक्ष्य तोकी विभिन्न समुहमा बर्गीकरण गरिएको थियो । यो मुल्यांकन अवधिमा उत्कृष्ट कारोबार गरी लक्ष्य प्राप्त गर्न सफल प्रत्येक समुहबाट एक/एक गरी कुल दश जनालाई युएई भ्रमणको अवसर उपलब्ध गराइएको थियो ।
त्यस्तै, गत मंसिरमा आफ्ना दशजना व्यवसायीक साझेदारहरुलाई आइएमईले सुदुर पश्चिमस्थित मुगुमा अवस्थित रारा तालको भ्रमण गराएको थियो । आठ दिवसीय उक्त भ्रमणमा आर्थिक वर्ष २०७३/७४ मा दिइएको व्यवसायीक साझेदारमूखी व्यापार प्रवद्धनात्मक कार्यक्रम अन्तर्गत दश व्यवसायीक साझेदारहरुलाई छनोट गरिएको थियो ।
यस कम्पनीले सेवा शुभारम्भको १७औँ वर्षसम्ममा नेपालका सहरीतथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १६० आइएमई सेन्टर सञ्चालनमा ल्याएको छ । साथै, सातै वटा प्रदेश र ७७ जिल्लाका ७ हजार १ सयभन्दा बढी सव-एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत् रेमिटेन्स सेवा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।