काठमाडौं । हिमालयन बैंक लिमिटेडले पाटन दरवार क्षेत्रको पुनर्निर्माणको लागि काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टलाई १ करोड रुपैयाँ सहयोग गरेको छ ।
२५औँ वार्षिकोत्सवको अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त ट्रष्टलाई सो मात्राको सहयोग प्रदान गरेको हो ।
बैंक संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले ट्रष्टका कन्ट्री डाइरेक्टर रोहितकुमार रन्जितकारलाई ह्यात रिजेन्सीमा आयोजित एक समारोहमा सो सम्बन्धि एक पत्र हस्तान्तरण गरेका हुन् ।