माथिल्लो अरुण आयोजनाको काम सुरु, डीपीआर बनाउन चिनियाँ कम्पनीसंग सम्झौता

<p>काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ३३५ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजनाको काम अघि बढाएको छ । प्राधिकरणले आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयारीको काम थालेको छ । डीपीआर तयारीका लागि चीनको संयुक्त परामर्शदाता कम्पनी एसटीडीआर सिनोटेक जेभीलाई दिएको छ । विद्युत प्राधिकरण र एसटीडीआरबीच सोमबार डीपीआर तयारीका लागि सम्झौता भएको छ । दुई परामर्शदाता कम्पनीले [&hellip;]</p>

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ३३५ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजनाको काम अघि बढाएको छ । प्राधिकरणले आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयारीको काम थालेको छ ।

डीपीआर तयारीका लागि चीनको संयुक्त परामर्शदाता कम्पनी एसटीडीआर सिनोटेक जेभीलाई दिएको छ । विद्युत प्राधिकरण र एसटीडीआरबीच सोमबार डीपीआर तयारीका लागि सम्झौता भएको छ । दुई परामर्शदाता कम्पनीले विश्वकै सबैभन्दा ठुलो साढे २२ हजार मेगावाटको थ्रि गर्जेज आयोजनाको डीपीआर तयार पारेको अनुभव छ ।

परामर्शदाताले अध्ययनको काम थाल्ने आयोजना प्रमुख विश्वध्वज जोशीले बताए । उनकाअनुसार आउदो २ वर्षभित्र आयोजनाको डीपीआरका साथै बोलपत्र डकुमेन्ट समेत तयार पार्ने छ । विश्व बैंकको सहयोगमा आयोजनाको डीपीआर तयारी सुरु हुन लागेको हो ।

८० करोड रुपैयाँ अर्थात ८० लाख डलर विद्युत प्राधिकरणले परामर्शसेवा खरिद गरेको हो । परामर्शदाताले माथिल्लो अरुणका अतिरित्त ३० मेगावाटको इंखुवाखोलाको पनि डीपीआर तयार पार्ने छ ।आयोजनाको क्षमता बढेर ७ सय मेगावाट पुग्ने उनले जानकारी दिए ।  उसले आयोजनाको १ हजार ४ सय मेगावाटको अडिट टनेल खन्ने छ ।

आर्थिक रुपमा आर्कषक रहेको आयोजना निर्माण गर्न प्राधिकरणले अपर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनी’ कम्पनी लिमिटेड गठन गरेको छ । प्राधिकरणले आफ्नो शतप्रतिशत स्वँपुजी (इक्विटी) रहने गरी कम्पनी दर्ता गरेको हो ।

मन्त्रिपरिषदले प्राधिकरणमार्फत बनाउने निर्णय गरिसकेको छ । प्राधिकरण सञ्चालक समितिले पनि कम्पनी दर्ता स्वीकृत गरेको थियो । प्राधिकरणले सन् १९९१ मा सम्भाव्यता अध्ययन गरेको आयोजनाको लागत ५३ करोड ४० लाख अमेरिकी डलर अनुमान गरिएको छ ।डीपीआर तयार भएपछि मात्र आयोजनाको वास्तविक लागत आउने छ ।

यस्तै, आयोजनाको प्रतियुनिट लागत २.७४ रुपैयाँमात्र पर्ने अध्ययनले देखाएको छ । लामो समय भएकाले आयोजनाको लागत र क्षमता दुबै बढ्ने छ । आयोजना नदीको वहावमा आधारित (रन अफ दी रिभर) प्रकृतिको हो ।

प्राधिकरणले स्थानियबासिन्दालाई सेयर दिनका लागि अर्को ३० मेगावाटको इंखुवाखोला निर्माण गरिदिने भएको छ । माथिल्लो अरुणको सेयर नदिन इंखुवाखोला आयोजना अघि बढेको हो । आयोजनाबाट वार्षिक २ अर्ब ५ करोड युनिट बिजुली उत्पादन हुने संभाव्यता अध्ययनले देखाएको छ ।

Share News