पुतलीसडकमा स्मार्ट टेलिकमले खोल्यो स्मार्ट सेन्टर, भक्तपुरमा पनि खोल्ने तयारी

<p>काठमाडौं। ग्राहकहरुलाई उत्कृष्ट सेवाप्रदान गर्ने उद्देश्य सहित हालै फोर जी सेवा सुरु गरेको स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउन काठमाडौंको पुतली सडकमा आधिकारिक स्मार्ट सेन्टरको प्रारम्भ गरेको छ । सोमबारबाट प्रारम्भ गरिएको स्मार्ट सेन्टरबाट ग्राहलाई प्रभावकारी सेवा उपलब्ध गराउनका साथै स्मार्टका उत्पादन तथा सेवाहरु सम्बन्धमा जानकारी दिने जनाइएको छ । स्मार्ट टेलिकमका अनुसार सेन्टरबाट [&hellip;]</p>

काठमाडौं। ग्राहकहरुलाई उत्कृष्ट सेवाप्रदान गर्ने उद्देश्य सहित हालै फोर जी सेवा सुरु गरेको स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउन काठमाडौंको पुतली सडकमा आधिकारिक स्मार्ट सेन्टरको प्रारम्भ गरेको छ ।

सोमबारबाट प्रारम्भ गरिएको स्मार्ट सेन्टरबाट ग्राहलाई प्रभावकारी सेवा उपलब्ध गराउनका साथै स्मार्टका उत्पादन तथा सेवाहरु सम्बन्धमा जानकारी दिने जनाइएको छ ।
स्मार्ट टेलिकमका अनुसार सेन्टरबाट ग्राहकहरुका सम्पूर्ण आवश्यकता एवं जिज्ञाशाको समाधान गरिनेछ ।

सेन्टरको उद्घाटन कम्पनीका अध्यक्ष सर्वेस जोशीले गरेका हुन् ।

स्मार्ट सेलले चाँडै भक्तपुरमा पनि आफ्नो सेन्टर स्थापना गर्ने लक्ष्य लिएको उद्घाटन कार्यक्रममा जानकारी गराइएको छ ।

Share News