उच्च क्षमताको लेमिनेशन मेशिन र प्रिन्टर भित्रिदै

<p>काठमाडौं। नेपाली बजारमा उच्च क्षमताको लेमिनेशन मेशिन र प्रिन्टर भित्रिने भएको छ । मेशिनका आधिकारिक बिक्रेता श्रेष्ठ अमृत ट्रेडर्स प्रालिले हप्तादिनभित्रै नेपाली बजारमा उच्च क्षमताको लेमिनेशन मेशिन र प्रिन्टर सार्वजनिक गर्ने बताएको हो । ट्रेडर्सका सेल्स एण्ड मार्केटीङ कोर्डिनेटर निरजकुमार श्रेष्ठले सार्वजनि हुने लेमिनेशन मेशिन लामि कर्पोरेशन जापानीज ब्राण्डको रहेको बताए । उनका अनुसार कम्पनीले [&hellip;]</p>

काठमाडौं। नेपाली बजारमा उच्च क्षमताको लेमिनेशन मेशिन र प्रिन्टर भित्रिने भएको छ । मेशिनका आधिकारिक बिक्रेता श्रेष्ठ अमृत ट्रेडर्स प्रालिले हप्तादिनभित्रै नेपाली बजारमा उच्च क्षमताको लेमिनेशन मेशिन र प्रिन्टर सार्वजनिक गर्ने बताएको हो ।

ट्रेडर्सका सेल्स एण्ड मार्केटीङ कोर्डिनेटर निरजकुमार श्रेष्ठले सार्वजनि हुने लेमिनेशन मेशिन लामि कर्पोरेशन जापानीज ब्राण्डको रहेको बताए । उनका अनुसार कम्पनीले ‘एजेलिया १६०० सीएल’ लेमिनेशन मेशिन, मिमाकी फ्लाटबेड यूभी प्रिन्टर ‘यूजेएफ ३०४२ एमके दोस्रो’, एनाजेटको डाइरेक्ट टु गार्मेन्ट प्रिन्टर मेशिन सार्वजनिक गर्न लागेको हो । ‘कम्पनीले माघ दोस्रो हप्ता हुने क्यान इन्फोटेक मेलामा उक्त मेशिनहरु सार्वजनिक गर्ने तयारी गरेको छ,’ उनले भने ‘यी मेशिनहरुको उच्च क्षमताका छन् ।’ हाल बिक्री भइरहेकोभन्दा नयाँ प्रविधिका मेशिन हुन् ।

कम्पनीको अनुसार एजेलिया लेमिनेशन मेशिन ५ फिट चौडाइको रहेको छ । हालसम्म कम्पनीले बिक्री गरेकोभन्दा चौडाइ ठूलो छ ।

त्यस्तै मिमाकी प्रिन्टर ‘मेट एण्ड ग्लोसिको फिनिसीङको लागि राम्रो हुन्छ । उक्त मेशिन ‘सिएमवाईके प्लस ह्वाइट ऐडिसनको रहेको कोर्डिनेटर श्रेष्ठको भनाइ छ ।

उनका अनुसार एनाजेटको डाइरेक्ट टु गार्मेन्ट प्रिन्टर मेशिनले प्रिन्ट गर्नका साथै सुकाउने काम गर्दछ । साथै यसमा अन्य थप नयाँ प्रविधिका फिचर्सहरु समेत रहेको उनले जानकरी दिए ।

‘मेशिनहरुको मूल्य भने, मेशिन सार्वजनिक भएकै दिन सार्वजनिक गर्नेछौं’, उनले भने ।

Share News