काठमाडौं । सुन, चाँदी तथा हीराका उत्कृष्ट डिजाईनहरुको कलेक्सन रहेको जेजे ज्वेलर्स् (एमेरल्ड प्रा. लि.) ले सोमबार न्यूरोडको वसन्तपुरमा आफ्नो शानदार शोरुमको उद्घाटन गरेको छ । नेपालका बहुप्रतिष्ठित कलाकार मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले रिबन काँटी उक्त शोरुमको उद्घाटन गरेका हुन्।
उक्त शोरुम जेजे ज्वेलर्समा भएका उत्कृष्ट गहनाहरु विशेष गरी ग्राहकहरुको चाहना र मागलाई ध्यानमा राखी निमार्ण गरिएको छ । उद्घाटनको आफ्नो पहिलो हप्ताको अवसर पारेर जेजे ज्वेलर्सले माघ ८ गतेदेखि माघ १४ सम्म ग्राहकहरुका लागि आकर्षक गहनाहरुमा अफर समेत ल्याएको छ ।