फागुनमा कृषि यान्त्रीकरण प्रदर्शनी हुँदै, २० मुलुकका २ हजार मेशिनरी, प्रविधि र औजार राखिने

<p>काठमाडौं। फागुन १० देखि १३ गतेसम्म धरान उपमहानगरपालिकाको पुर्वाञ्चल ईन्जिनियरिङ क्याम्पसको हातामा तेस्रो ‘राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७४सुनसरी’ हुने भएको छ । कृषि तथा पशुपालन क्षेत्रलाई आधुनिकिकरण तथा व्यवसायिकिरण गर्न सहयोग पुर्याउने उद्देश्यले प्रदर्शनी हुन लागेको हो । ‘कृषि यन्त्र र प्रविधिको उपयोग व्यवसायिक कृषि विकासको आधार’ भन्ने नारासहित कृषि विकास मन्त्रालय, कृषि विभाग, कृषि [&hellip;]</p>

काठमाडौं। फागुन १० देखि १३ गतेसम्म धरान उपमहानगरपालिकाको पुर्वाञ्चल ईन्जिनियरिङ क्याम्पसको हातामा तेस्रो ‘राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७४सुनसरी’ हुने भएको छ । कृषि तथा पशुपालन क्षेत्रलाई आधुनिकिकरण तथा व्यवसायिकिरण गर्न सहयोग पुर्याउने उद्देश्यले प्रदर्शनी हुन लागेको हो ।

‘कृषि यन्त्र र प्रविधिको उपयोग व्यवसायिक कृषि विकासको आधार’ भन्ने नारासहित कृषि विकास मन्त्रालय, कृषि विभाग, कृषि ईन्जिनियरिङ निर्देशनालय, नेपाल कृषि मेशिनरी व्यवसायी संघको आयोजनामा प्रदर्शनी हुने भएको छ ।

सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष स्वयम्भु कृष्ण श्रेष्ठले प्रदर्शनीमा कृषि तथा पशुपालन क्षेत्रको राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न पछिल्लो प्रविधिहरु राखिने बताए । ‘प्रदर्शनीमा विभिन्न प्रविधिहरुको कारोबारको साथै ग्राहक तथा अवलोकनकर्ताहरुलाई समाग्रीहरुको जानकारी गराउनेछौं,’ उनले भने ।

आयोजकका अनुसार प्रदर्शनीमा आधुनिक कृषि यन्त्र, आधुनिक सिंचाई प्रविधि, गुणस्तरीय बिउ बिजन, पोल्ट्री, डेरी, माछापालन, पुष्प व्यवसाय लगायत सम्पूर्ण कृषि, पशुपालन, प्रशोधन र बजारीकरण सम्बन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा भएका कम्पनीहरु सहभागि हुनेछन् ।

संघका अध्यक्ष श्रेष्ठले २० विभिन्न मुलुकका २ हजारभन्दाबढी प्रकारका कृषि मेशिनरी, प्रविधि तथा औजारहरु प्रदर्शनी हुने जानकारी दिए ।

आयोजकका अनुसार मेलामा १ सय ५० भन्दा बढी प्रदर्शनीकर्ता रहनेछन् । ५० हजार अवलोकनकर्ता तथा ग्राहकरु आउने अपेक्षा गरिएको उक्त प्रदर्शनीमा १० करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ ।

Share News