तीन लाख घुस सहित प्रहरीका असई रेशम खड्का रंगेहात पक्राउ

<p>काठमाडौं । तीन लाख रुपैंया घुस सहित प्रहरी सहायक निरीक्षक रेशमबहादुर खड्का रंगेहात पक्राउ परेका छन् । खड्कालाई टङगालबाट खटिएको अख्तियारको टोलीले बालाजुबाट पक्राउ गरेको हो । राजधानीको पेप्सीकोलामा रहेको स्किम बचत तथा ऋण सहकारी संस्था घाटामा गएपछि सेवाग्राहीहरुको सञ्चालकका तर्फबाट गरिएको ग्यारेन्टी कागज दिने भन्दै तीन लाख घुस लिने क्रममा खड्का पक्राउ परेका हुन् [&hellip;]</p>

काठमाडौं । तीन लाख रुपैंया घुस सहित प्रहरी सहायक निरीक्षक रेशमबहादुर खड्का रंगेहात पक्राउ परेका छन् । खड्कालाई टङगालबाट खटिएको अख्तियारको टोलीले बालाजुबाट पक्राउ गरेको हो ।

राजधानीको पेप्सीकोलामा रहेको स्किम बचत तथा ऋण सहकारी संस्था घाटामा गएपछि सेवाग्राहीहरुको सञ्चालकका तर्फबाट गरिएको ग्यारेन्टी कागज दिने भन्दै तीन लाख घुस लिने क्रममा खड्का पक्राउ परेका हुन् ।

खड्का महानगरीय प्रहरी कार्यालय परिचालन कक्ष रानीपाखरी कार्यरत थिए । उनी माथी थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

Share News