अर्थले स्थानीय तहसंग माग्यो आगामी वर्षका लागि राजश्व र खर्चको विवरण

<p>काठमाडौं । स्थानिय तहले आगामी आर्थिक वर्षको बजेट तयारीका लागि आय तथा व्यय विवरण अर्थ मन्त्रालयमा पेश गर्नुपर्ने भएको छ । अर्थले  महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई आगामी आर्थिक वर्षको आय तथा व्यय विवरण पेश गर्न भनेको छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐनअनुसार प्रक्षेपण तथ्याँक पेश गर्न अर्थले स्थानीय तहलाई अनुरोध गरेको छ । [&hellip;]</p>

काठमाडौं । स्थानिय तहले आगामी आर्थिक वर्षको बजेट तयारीका लागि आय तथा व्यय विवरण अर्थ मन्त्रालयमा पेश गर्नुपर्ने भएको छ ।

अर्थले  महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई आगामी आर्थिक वर्षको आय तथा व्यय विवरण पेश गर्न भनेको छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐनअनुसार प्रक्षेपण तथ्याँक पेश गर्न अर्थले स्थानीय तहलाई अनुरोध गरेको छ ।

गत पुससम्म आयव्ययको प्रक्षेपित विवरण पेश गर्नुपर्नेमा ढिलाइ भएको भन्दै अर्थले ताकेता गरेको छ । स्थानिय तहले आयव्ययको विवरण, आफनो स्रोतबाट संकलन हुने राजश्व, राजश्व बाँडफाँडबाट प्राप्त हुन सक्ने अनुमानित रकम र बजेट घाटा पूर्तिगर्न आवश्यक पर्ने अनुमानित रकम र त्यसको स्रोतको अनुमानित तथ्याँक सहितको विवरण अर्थमा उपलब्ध गराउनु पर्ने छ ।

स्थानिय तहकको प्रक्षेपण गरिएको तथ्याँकका आधारमा बजेट बनाउने तयारी अर्थको छ । अर्थ मन्त्रालयले आगामी आवको बजेटको तयारी थालेको छ । चालु आवमा सरकारले ७५३ स्थानीय तहलाई २ खर्ब २५ अर्ब रुपैयाँ बजेट उपलब्ध गराएको छ ।

Share News