काठमाडौं । कामना सेवा विकास बैंकले १३ करोड ६० लाख नाफा कमाएको छ । बैंकले चालु आवको पुस मसान्त अवधीमा सो नाफा कमाएको हो । बैंकले गत आवको सोही अवधीमा भने जम्मा १० करोड नाफा कमाएको थियो ।
कामनाले ६ महिनामा १३ अर्ब ८७ करोड निक्षेप संकलन गरेर १२ अर्ब ३९ करोड कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा २.१३ प्रतिशत रहेको छ भने १६ करोड प्रोभिजन गरेको छ । बैंकले ४ करोड ७२ लाख राइट ब्याकबाट प्राप्त गरेको देखिन्छ ।