कृषि विकास बैंकको माघ १५ गतेदेखि बुक क्लोज, ११औँ वार्षिक साधारणसभामा जाँदै

<p>काठमाडौं । कृषि विकास बैंकको आगामी माघ १५ गतेदेखि बुक क्लोज हुने भएको छ । बैंकले  साधारणसभामा जाने प्रयोजनको लागि सो दिन देखि माघ २९ गते(अर्थात १५ दिन)सम्म बुक क्लोज गर्न लागेको हो । बैंकको आगामी ११औँ वार्षिक साधारणसभा माघ २९ गते हुँदै छ । उक्त सभामा बैंकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव [&hellip;]</p>

काठमाडौं । कृषि विकास बैंकको आगामी माघ १५ गतेदेखि बुक क्लोज हुने भएको छ । बैंकले  साधारणसभामा जाने प्रयोजनको लागि सो दिन देखि माघ २९ गते(अर्थात १५ दिन)सम्म बुक क्लोज गर्न लागेको हो ।

बैंकको आगामी ११औँ वार्षिक साधारणसभा माघ २९ गते हुँदै छ । उक्त सभामा बैंकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्दै छ । साथै, बैंक सञ्चालक समितिको बैठकले ६ प्रतिशतका दरले नगद लाभांश दिने निर्णय गरेको छ ।

Share News