हजारौं जंगे, पिलर हराए, सार्छौ सीमाना, कति ठाम मात्रै

<p>जप्छौ जन्ताको, कति नाम मात्रै । भर्छौ झोलीमा, कति दाम मात्रै ।। दुःखेन सुस्ता, लिपुलेक पनि । गर्छाै नि कति, तामझाम मात्रै ।। हजारौं जंगे, पिलर हराए । सार्छौ सीमाना, कति ठाम मात्रै ।। मुक्तिका लागि, देशै बनाउन । ह्विस्की–वियर, शुभ साम मात्रै ।। रातो रक्त यो, देशै जोगाउने । तातो रक्तको, यै हो काम मात्रै ।। उठौं न [&hellip;]</p>

जप्छौ जन्ताको, कति नाम मात्रै ।
भर्छौ झोलीमा, कति दाम मात्रै ।।

दुःखेन सुस्ता, लिपुलेक पनि ।
गर्छाै नि कति, तामझाम मात्रै ।।

हजारौं जंगे, पिलर हराए ।
सार्छौ सीमाना, कति ठाम मात्रै ।।

मुक्तिका लागि, देशै बनाउन ।
ह्विस्की–वियर, शुभ साम मात्रै ।।

रातो रक्त यो, देशै जोगाउने ।
तातो रक्तको, यै हो काम मात्रै ।।

उठौं न युवा, बचाउन धर्ति ।
कति खानु त्यो, खाली माम मात्रै ।।

जप्छौ जन्ताको, कति नाम मात्रै ।
भर्छौ झोलीमा, कति दाम मात्रै ।।

Share News