शाइन रेसुङ्गा डेभलपमेन्ट बैंककाे खुद नाफा १५ करोड

<p>काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १५ करोड १४ रुपैयाँ खुदनाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १६ करोड ५९ लाख रुपैयाँ खुदनाफा गरेको थियो । गत आवको तुलनामा चालु आवमा बैंकको नाफा घटेको छ । चालु आवको ६ महिनामा बैंकको निष्क्रिय कर्जा घटेर ०.१७ प्रतिशतमा झरेको छ [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १५ करोड १४ रुपैयाँ खुदनाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १६ करोड ५९ लाख रुपैयाँ खुदनाफा गरेको थियो ।

गत आवको तुलनामा चालु आवमा बैंकको नाफा घटेको छ । चालु आवको ६ महिनामा बैंकको निष्क्रिय कर्जा घटेर ०.१७ प्रतिशतमा झरेको छ । निक्षेप लागत ७.९० र सीडी रेसियो ७६.३४ प्रतिशत छ ।

बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाशिक प्रतिवेदनमा प्रतिसेयर आम्दानी २१.९७ रुपैयाँ छ । समीक्षा अवधिमा बैंकले ११ अर्ब ९४ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत आवको सोही अवधिमा निक्षेप ९ अर्ब २० करोड रुपैयाँ थियो ।

गत पुससम्म बैंकले १० अर्ब ४९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले ८ अर्ब १७ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकको चुक्तापुँजी १ अर्ब ३७ करोड रुपैयाँ छ । संचित कोषमा ४२ करोड रुपैयाँ रहेको छ ।

Share News