कृषि विकास बैंकको आइतबारसम्म एटीएम र मोबाइल बैंकिङ बन्द

<p>काठमाडौं । कृषि विकास बैंकले आउदो आइतबारसम्म एटीएम र मोबाइल बैंकिङ सेवा बन्द गरेको छ । बैंकले नयाँ प्रविधि जडान गर्न भन्दै बिहीबारदेखि बैकिङ सेवा बन्द गरेको हो । बैंकले सीबीएस—टेमेनोस टी ट्न्टी भर्सन अपग्रेड गर्न मोबाइल बैंकिङ सेवा बन्द गरेको जानकारी दिएको छ । एटीएम र मोबाइल बैंकिङ सेवा बाहेक अन्य सेवा यथावत रुपमा [&hellip;]</p>

काठमाडौं । कृषि विकास बैंकले आउदो आइतबारसम्म एटीएम र मोबाइल बैंकिङ सेवा बन्द गरेको छ ।

बैंकले नयाँ प्रविधि जडान गर्न भन्दै बिहीबारदेखि बैकिङ सेवा बन्द गरेको हो ।

बैंकले सीबीएस—टेमेनोस टी ट्न्टी भर्सन अपग्रेड गर्न मोबाइल बैंकिङ सेवा बन्द गरेको जानकारी दिएको छ । एटीएम र मोबाइल बैंकिङ सेवा बाहेक अन्य सेवा यथावत रुपमा सञ्चालन हुने बैंकले जनाएको छ ।

भर्सन अपग्रेडपछि उच्च गुणस्तरीय सेवा उपलब्ध गराउने बैंकले जनाएको छ ।यस्तै सीबीएस जडान भएका कार्यलयमा शुक्रबार १ दिन बन्द हुने बैंकले जानकारी दिएको छ ।

Share News