पेट्रोल र डिजेलको भाउ बढ्यो

<p>काठमाडौं । नेपाल आयल निगम लिमिटेडले फेरी पेट्रोलियम पदार्थको भाउ बढाएको छ । अन्तर्रा्ष्ट्रिय बजारमा मूल्य बढेको भन्दै निगम बुधबार पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको हो । पेट्रोलमा १, डिजेल र मट्टितेलमा २/२ रुपैयाँ मूल्यवृद्धि गरिएको छ । नयाँ मूल्य बुधबार राति १२ बजेबाट कार्यान्वयनमा आउने छ ।प्रत्येक महिनाको १५ दिनमा मूल्य समायोजन गर्ने [&hellip;]</p>

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले फेरी पेट्रोलियम पदार्थको भाउ बढाएको छ । अन्तर्रा्ष्ट्रिय बजारमा मूल्य बढेको भन्दै निगम बुधबार पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको हो ।

पेट्रोलमा १, डिजेल र मट्टितेलमा २/२ रुपैयाँ मूल्यवृद्धि गरिएको छ । नयाँ मूल्य बुधबार राति १२ बजेबाट कार्यान्वयनमा आउने छ ।प्रत्येक महिनाको १५ दिनमा मूल्य समायोजन गर्ने नीति अनुसार मूल्य बढेको हो । भारतीय आयल निगम लिमिटेडले नयाँ मूल्य पठाएपछि निगमले पनि बिहीबारदेखि भाउ बढाएको हो ।

बिहीबारदेखि एक लिटर पेट्रोललाई १०३, डिजेल र मट्टतिेलको भाउ ८१ रुपैयाँ पुगेको छ । यसअघि गत पुस १७ गतेपनि निगले इन्धनमा मूल्यवृद्धि गरेको थियो ।

Share News