सरकारले ७ वटै प्रदेश राजधानी र प्रमुख तोक्यो, बामपन्थी गठबन्धनद्वारा अालाेचना

<p>काठमाडौं । सरकारले सातवटा प्रदेशका प्रमुखका साथै अस्थायी राजधानी तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सातवटै प्रदेशका प्रमुख र अस्थायी मुकाम तोकेको हो । सरकारले प्रदेश नम्बर १ को अस्थायी मुकाम विराटनगरलाई तोकेको छ । त्यहाँको प्रदेश प्रमुखमा गोविन्द सुब्बा नियुक्त भएका छन् । २ नम्बर प्रदेश मुकाम जनकपुर ताेकिएकाे छ । त्यहाँ रत्नेश्वरलाल [&hellip;]</p>

काठमाडौं । सरकारले सातवटा प्रदेशका प्रमुखका साथै अस्थायी राजधानी तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सातवटै प्रदेशका प्रमुख र अस्थायी मुकाम तोकेको हो ।

सरकारले प्रदेश नम्बर १ को अस्थायी मुकाम विराटनगरलाई तोकेको छ । त्यहाँको प्रदेश प्रमुखमा गोविन्द सुब्बा नियुक्त भएका छन् ।

२ नम्बर प्रदेश मुकाम जनकपुर ताेकिएकाे छ । त्यहाँ रत्नेश्वरलाल कायस्थलार्इ प्रदेश प्रमुख बनाइएकाे छ ।

३ नम्बरको केन्द्र हेटौडालाई तोकिएको छ । अनुराधा कोइराला प्रदेश प्रमुखमा नियुत्त भएकी छिन् ।

यसैगरी ४ प्रदेशको अस्थाई राजधानी पाेखरा बनाइएकाे छ ।  त्यहाँ सरकारले बाबुराम कुँबरलार्इ प्रदेश प्रमुख बनाएर पठाएकाे छ ।

प्रदेश नम्बर ५ को राजधानी बुटवललाई तोकिएको छ । त्यहाँ उमाकान्त झालाई प्रदेश प्रमुख बनाइएकाे छ ।

प्रदेश नम्बर ६ को केन्द्र सुर्खेत ताेकिएकाे छ भने प्रदेश प्रमुखमा दुर्गाप्रसाद खनाललार्इ नियुक्त गरिएकाे छ ।

७ को राजधानी धनगढीलाई तोकिएको छ । त्यहाँको प्रमुखमा मोहनराज मल्ललाई तोकिएको छ ।

अस्थायी राजधानी तोक्ने विषयमा विवाद भएको थियो । सरकारले गरेकाे नयाँ निर्णय विरूद्ध सरकार बनाउँदै गरेकाे बामपन्थी गठबन्धनका नेताहरूकाे भनार्इ सार्वजिनक भएकाे छ ।

Share News