
काठमाडौँ । राधी विद्युत कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) बुधबार बाँडफाँड भएको छ । सेयर निष्कासन तथा बिक्री प्रवन्धकले गोलाप्रथाबाट आईपीओ बाँडफाँट गरेका हो ।
माग भन्दा धेरै आवेदन परेपछि १० कित्ता शेयर बाँडफाँड गर्न अपुग हुदा नविल मर्चेन्टले गोलाप्रथाबाट सेयर बाँडफाँड गरेको जानकारी दिएको छ ।
७१ हजार १०३ जानाले १० कित्ता शेयर पाएका छन् । बाँकि शेयर कर्मचारी र सामुहिक लगानी कोषलाइ बाँडफाँड गरिएको छ।
राधीले ७ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको शेयर निष्कासन गरेको थियो ।