४ बैंकले १ सय भन्दा बढीका लागि भर्ना खुलाए, ग्लोबल आईएमईले मात्रै ५० भन्दा बढीलाई जागिर दिने

<p>काठमाडौं । विभिन्न ४ बैंकले १ सय भन्दा बढी कर्मचारीका लागि जागिर खुलाएका छन् । ग्लोबल आईएमई बैंक, एनआईसी एसिया बैंक, सनराईज बैंक र मुक्तिनाथ विकास बैंकले नयाँ कर्मचारी भर्ना गर्न लागेका हुन् । ग्लोबलले सहायक प्रवन्धकदेखि ट्रेनी सहायकसम्म ५० भन्दा बढी भर्ना गर्नका लागि सुचना प्रकाशित गरेको छ । यस्तै एनआईसी एसियाले आईटी सेक्युरिटीका [&hellip;]</p>

काठमाडौं । विभिन्न ४ बैंकले १ सय भन्दा बढी कर्मचारीका लागि जागिर खुलाएका छन् ।

ग्लोबल आईएमई बैंक, एनआईसी एसिया बैंक, सनराईज बैंक र मुक्तिनाथ विकास बैंकले नयाँ कर्मचारी भर्ना गर्न लागेका हुन् ।

ग्लोबलले सहायक प्रवन्धकदेखि ट्रेनी सहायकसम्म ५० भन्दा बढी भर्ना गर्नका लागि सुचना प्रकाशित गरेको छ । यस्तै एनआईसी एसियाले आईटी सेक्युरिटीका लागि सहायकदेखि वरिष्ठ अधिकारीसम्मका लागि भर्ना खुला गरेको छ । एनआईसीले आवश्यक संख्या भने खुलाएको छैन् । यस्तै सनराइजले भने संख्या र पद खुलाएको छैन् ।

मुक्तिनाथले लघुवित्त क्षेत्र हेर्नका लागि लघुवित्त प्रमुखदेखि सहायकसम्मका लागि भर्ना खुला गरेको छ । मुक्तिनाथले भर्ना संख्या भने खुलाएको छैन् ।

Share News