चार जना पत्रकारलाई ‘प्याफ’ जर्नालिज्म पुरस्कार, प्रत्येकले पाए ४० हजार

<p>काठमाडौं। गरिबी निवारण क्षेत्रमा सशक्त रुपमा कलम चलाउदै आएका चार जना पत्रकारलाई ‘प्याफ नेशनल जर्नालिजम एवार्ड–२०७४ वितरण गरिएको छ । आइतबार राजधानीमा दक्षिण एसियाली हस्तकला महोत्सवको समापनको अवसरमा पत्रकारहरुलाई उद्योगमन्त्री सुनिलबहादुर थापाले पुरस्कार वितरण गरेका थिए । चार विधामा पुरस्कार वितरण गरिएको थियो । जसमा नेपाली छापामा नागरिक दैनिकका महेशकुमार दास, अंग्रेजी छापामा हिमालय टाइम्सका [&hellip;]</p>

काठमाडौं। गरिबी निवारण क्षेत्रमा सशक्त रुपमा कलम चलाउदै आएका चार जना पत्रकारलाई ‘प्याफ नेशनल जर्नालिजम एवार्ड–२०७४ वितरण गरिएको छ ।

आइतबार राजधानीमा दक्षिण एसियाली हस्तकला महोत्सवको समापनको अवसरमा पत्रकारहरुलाई उद्योगमन्त्री सुनिलबहादुर थापाले पुरस्कार वितरण गरेका थिए । चार विधामा पुरस्कार वितरण गरिएको थियो । जसमा नेपाली छापामा नागरिक दैनिकका महेशकुमार दास, अंग्रेजी छापामा हिमालय टाइम्सका बाजुराका संवाददाता प्रकाशसिंह, विद्युतिय इलेक्ट्रोनिककातर्फबाट कमिनिटी रेडियो नेटवर्कका लक्ष्मी बस्नेत पुरस्कृत भएका छन् ।
त्यस्तै मोफसलतर्फ जनता पत्र सिन्धुपाल्चोकका टिका सुवेदी पुरस्कृत भएका छन् । उनीहरुलाई जनही ४० हजार रुपैयाँ, प्रमाण पत्र लगायत प्रदान गरिएको छ । प्याफले विगत वर्षदेखिनै गरिबी निवारण सम्बन्धमा कलम चलाउने पत्रकारलाई पुरस्कार वितरण गर्दै आएको छ । गरिबी निवारण विकास सम्बन्धमा सशक्त कलम चलाएको, पत्रकारीता गरेको अबधि लगायत तथा निर्णय मण्डलले गरेको छनौट गरेको आधारमा ती पत्रकारहरु पुरस्कृत गरिएको बताइएको छ ।

Share News