आशा लघुवित्तद्धारा २ दिने लघुवित्त व्यवस्थापन तालिम सम्पन्न

<p>काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले कृषि विकास बैंक, क्षेत्रिय तालिम केन्द्र विरेन्द्रनगर, चितवनमा २ दिने लघुवित्त व्यवस्थापन तालिम दिएको छ । संस्थाले पुस २८ र २९ गते २० वटा शाखा कार्यालयहरुका सम्पुर्ण फिल्ड कर्मचारीहरुलाई उक्त तालिम प्रदान गरेको हो । सो २ दिने कार्यक्रममा वर्तमान परिस्थितीमा विपन्न वर्गमा लघुवित्त कार्यक्रमको प्रभावकारीता, सम्भावना र चुनौती, कर्मचारीको [&hellip;]</p>

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले कृषि विकास बैंक, क्षेत्रिय तालिम केन्द्र विरेन्द्रनगर, चितवनमा २ दिने लघुवित्त व्यवस्थापन तालिम दिएको छ । संस्थाले पुस २८ र २९ गते २० वटा शाखा कार्यालयहरुका सम्पुर्ण फिल्ड कर्मचारीहरुलाई उक्त तालिम प्रदान गरेको हो ।

सो २ दिने कार्यक्रममा वर्तमान परिस्थितीमा विपन्न वर्गमा लघुवित्त कार्यक्रमको प्रभावकारीता, सम्भावना र चुनौती, कर्मचारीको व्यक्तित्व विकासका विषयमा तालिम दिइएको थियो ।

सो कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलाल, मानव संशाधन तथा कार्य संचालन विभाग प्रमुख जीवन खनाल, कर्जा तथा अनुगमन विभाग प्रमुख रविन खतिवडा, सुचना प्रविधि विभागका सुदिप रेग्मी, अनुगमन अधिकृतहरु सुजित खतिवडा, सुशिल पौडेल र शाखा कार्यालय भरतपुर, चितवनको शाखा प्रवन्धक कमला बश्यालले कार्यक्रममा विविध विषयमा सहभागीहरुलाई तालिम दिएका थिए ।

साथै, संस्थाले यहि महिनाको पहिलो साता बाँकेको, कोहलपुरमा १६ वटा शाखा कार्यालयहरुमा कार्यरत सम्पुर्ण फिल्ड कर्मचारीहरुलाई सोही तालिम प्रदान गरेको थियो । हाल संस्थाको ३६ वटा शाखा कार्यालयहरु रहेको छ ।

Share News