जलविद्युत र पर्यटन आर्थिक विकासकाे मेरुदण्ड : चन्द्रप्रसाद ढकाल

<p>काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले जलविद्युत र पर्यटन मुलुकको आर्थिक विकासका मेरुदण्ड भएको बताएका छन् । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा आइतबार बेनीमा आयोजित छैठौं म्याग्दी महोत्सव तथा सक्रान्ति मेलालाई विशिष्ट अतिथीको रुपमा सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका ढकालले सो कुरा बताएका हुन् । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले [&hellip;]</p>

काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले जलविद्युत र पर्यटन मुलुकको आर्थिक विकासका मेरुदण्ड भएको बताएका छन् ।

म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा आइतबार बेनीमा आयोजित छैठौं म्याग्दी महोत्सव तथा सक्रान्ति मेलालाई विशिष्ट अतिथीको रुपमा सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका ढकालले सो कुरा बताएका हुन् ।

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले महासंघले एक जिल्ला एक उत्पादन कार्यक्रम संचालन गरेको उल्लेख गर्दै म्याग्दीमा कृषि उत्पादनका अतिरिक्त खनिज पदार्थको उत्पादन र प्रशोधनको उत्तिकै सम्भावना रहेको उल्लेख गरे ।

मुलुकले संघीय संबिधान बमोजिम सबै निकायका निर्वाचन सम्पन्न भइसकेकाले अब सबैको ध्यान मुलुकको आर्थिक विकासमा केन्द्रीत भएको विचार व्यक्त गरे ।

म्याग्दी रेमिट्यान्स भित्राउन अग्रणी भुमिका रहेको बताउँदै उनले रेमिटेन्सलाई सामुहिक लगानीमा आकर्षित गरी म्याग्दीको आर्थिक विकासमा लगाउन सबैसंग आग्रहगरे ।

पुर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधि, विभिन्नकार्यालय प्रमुखहरु , स्थानीय उद्योगी एवम् व्यवसायीहरुले महोत्वस सफलताको शुभकामना व्यक्त गरेका थिए ।

Share News