२०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने साधारणसभाको निर्णय, अपी पावरले ल्याउने भयो २ अर्ब २६ करोड हकप्रद सेयर

<p>काठमाडौं । अपी पावर कम्पनी लिमिटेडले २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । अपीको आइतबार सम्पन्न साधारणसभाले २ अर्ब २६ करोड ८० लाख रुपैयाँ बराबरको २ करोड २६ लाख ८० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न प्रस्ताव पारित गरेको छ । साधारणसभाले पारित गरेकाले कम्पनी व्यवस्थापनलाई हकप्रद निष्कासनको काम अघि बढाउन बाटो खुला [&hellip;]</p>

काठमाडौं । अपी पावर कम्पनी लिमिटेडले २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । अपीको आइतबार सम्पन्न साधारणसभाले २ अर्ब २६ करोड ८० लाख रुपैयाँ बराबरको २ करोड २६ लाख ८० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न प्रस्ताव पारित गरेको छ ।

साधारणसभाले पारित गरेकाले कम्पनी व्यवस्थापनलाई हकप्रद निष्कासनको काम अघि बढाउन बाटो खुला भएको छ । अपीले धितोपत्र बोर्डमा हकप्रद निष्कासनका लागि निवेदन दिएको छ ।

जलविद्युत र सौर्य ऊर्जामा लगानी गर्न अपीले हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले हकप्रद सेयर मध्ये १ अर्ब रुपैयाँ सिद्धकाली पावर लिमिटेडले निर्माण गर्न लागेको त्रिशुली–गल्छी र १ अर्ब २६ करोड ८० लाख रुपैयाँ १८ मेगावाट क्षमताका विभिन्न सौर्य आयोजनामा लगानी गर्ने जानकारी दिएको छ ।

गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर जारी गरेपछि कम्पनीको सेयर संख्या १ करोड १३ लाख ४० हजार रुपैयाँ पुग्ने छ । कम्पनीले निर्माण गर्ने विभिन्न जलविद्युत र सौर्य आयोजनामा लगानीका लागि बैंकबाट ऋण लिने अधिकार सञ्चालक समितिलाई दिनका लागि सभामा प्रस्ताव सभाले पारित गरेको छ ।

कम्पनीले यसअघि २ अर्ब ११ करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । सेयर पुँजी बढाएर हकप्रद निष्कासन रकम बढाएको छ । अपीले हाल ८ मेगावाटको नौगाड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यस्तै ८.५ मेगावाटको नौगाड आयोजना निर्माण गरिरहेको छ ।

यस्तै ७५ मेगावाटको त्रिशुली गल्छीमा बनाउने भनेपनि बैंकले लगानी नगर्ने भनेपछि सिद्धकालीले क्षमता घटाएर २६ मेगावाटको विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) लिनका लागि विद्युत विकास विभागमा निवेदन दिएको छ ।

त्रिशुली गल्छी आयोजना नबन्ने भएमा सो रकम प्रस्तावित ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनामा लगानी गर्ने प्रस्ताव सभाबाट पारित भएको सञ्चालक सतिश न्यौपानेले बताए । “सकेसम्म त्रिशुली गल्छीमा नभए माथिल्लो चमेलियमा लगानी गर्ने प्रस्ताव पारित भएको छ” उनले भने ।

Share News