९ अंकले ओरालो लागेको बजारमा चिलिमेका लगानीकर्ताले कमाए सबैभन्दा बढी

<p>काठमाडौं । आइतबारको नेप्से परिसूचक ९.१९ अंकले ओरालो लागेको छ । सो दिन बजार खुले पश्चात लगातार ओरालो लागेको परिसूचक बजार बन्द हुँदा भने १४३१ अंकमा पुगेको छ । बजारमा परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । आइतबार कुल १५२ कम्पनीको ३२ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो [&hellip;]</p>

काठमाडौं । आइतबारको नेप्से परिसूचक ९.१९ अंकले ओरालो लागेको छ । सो दिन बजार खुले पश्चात लगातार ओरालो लागेको परिसूचक बजार बन्द हुँदा भने १४३१ अंकमा पुगेको छ ।

बजारमा परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । आइतबार कुल १५२ कम्पनीको ३२ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन ९ लाख ७० हजार कित्ता सेयर किनबेच भएका छन् ।

झण्डै दोहोरो अंकले घटेको बजारमा सबैभन्दा बढी चिलिमे हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । सो दिन यस हाइड्रोका लगानीकर्ताले करिब ७ (अर्थात ६.९५)प्रतिशत कमाएका छन् । आइतबार यस कम्पनीका सेयर मूल्य ६२ रुपैयाँले बढेर प्रतिकित्ता ९५४ रुपैयाँ पुगेको छ । उता सेन्ट्रल फाइनान्सका लगानीकर्ताले भने सबैभन्दा बढी (अर्थात ६.२९ प्रतिशत) गुमाएका छन् ।

सेयर बजारमा हाइड्रो र अन्य समूहको परिसूचक बाहेक बाँकी अन्य समूहको सूचक राताम्मे भएका छन् । हाइड्रो र अन्य समूहको परिसूचक क्रमशः ५५ र ३ अंकले उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको सूचक ९७ अंकले ओरालो लागेको छ ।

Share News