काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तथा बैंकको २५औं वार्षिकोत्सवको सन्दर्भमा नागार्जुन न.पा. सीतापाईला, आदेश्वरस्थित ‘हेल्पिङ्ग ह्यान्ड्स चिल्ड्रेन होम’ का बालबालिकाहरुलाई सहयोग प्रदान गरेको छ ।

बैंकले उक्त चिल्ड्रेन होमका २१ जना बालबालिकाहरुलाई लुगा (ट्रयाक सुट) तथा खाद्यान्नहरु (चामल, दाल, खाने तेल, नुन, चिनी, गेडागुडी, विस्कुट आदि) प्रदान गरेको छ । देशका विभिन्न स्थानका अनाथ बालबालिकाहरुलाई उक्त चिल्ड्रेन होमले आश्रय दिइरहेको छ ।
बैंकका तर्फबाट बैंकका महाप्रबन्धक सुशील जोशीले उक्त सहयोग सामग्रीहरु हस्तान्तरण गरेका छन् ।